समाज

सामाजिक विकासमा धार्मिक महोत्सवबाट रकमको जोहो

श्रीमद्भागवत पीतृमोक्ष भूमिदान पाल्पा धार्मिक महोत्सव २०७३ को उद्घाटन कार्यक्रममा सहभागी कन्याहरु। तस्बिरः मुक्तिप्रसाद न्यौपाने

पाल्पा– चाडपर्वहरु सुरु भएसँगै पाल्पामा धार्मिक महोत्सवको आयोजना गर्ने क्रम बढेकाे छ।  यस वर्ष मात्र ३ ओटा धार्मिक महोत्सव आयोजना गरिने घोषणा भएका छन् । यस मध्ये सोमबारबाट श्रीमद्भागवत पीतृमोक्ष भूमिदान पाल्पा धार्मिक महोत्सव २०७३ सुरु भएको छ।

तानसेनको टुँडिखेलमा १७ गतेदेखी सुरु भएको महोत्सव श्रावण २७ गतेसम्म सञ्चालन हुनेछ । विनाशकारी भूकम्पबाट असाहय अनाथ बनेका बालबालिकाहरुको शिक्षा दीक्षा पालन पोषणको लागि सहयोगार्थ महोत्सव सुरु गरिएको बताइएको छ ।

विश्व जागरण महाअभियान ट्रष्टले चितवनको देवघाटमा निर्माण गर्न लागिएको आवाशिय गुरुकुल निर्माणको सहयोयको मेला आयोजना गरिएको जनाएको छ। धार्मिक महोत्सवमा कथा वाचक इश्वरकृष्ण महाराजले प्रवचन दिँदैछन्। कार्यक्रमबाट ३ करोड संकलन गर्ने लक्ष्य राखिएको आयोजक समितिका सहसंयोजक दिनेश रावलले बताए।

त्यस्तै, प्रत्येक प्रदेशमा प्राविधिक विश्व विद्यालको स्थापना गर्ने उद्देश्यले तानसेन बहुमुखी क्याम्पसले आगामी असोज ७ गतेदेखी १३ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने बताइएको छ ।
स्वदेशमै रोजगारीको प्रचुर संभावना भएकोले आत्म निर्भर नेपाल बनाउनकालागि नेपालमा १ सय १  वटा

प्राविधिक शिक्षालयहरुको स्थापना हुने पोखरेलले बताए। यस धार्मिक महोत्सवबाट ५ करोड रकम संकलन गर्ने लक्ष्य आयोजकको छ।  

यस्तै जनता उच्च माध्यामिक विद्यालयले पनि धार्मिक महोत्सवको आयोजना गरी  विद्यालयको भौतिक संरचना पूरा गर्ने बताएको छ। फागुनमा सञ्चालन गर्ने धार्मिक महोत्सवमा गोविन्दशरण महाराजीले कथावाचन गर्ने बताइएको छ।

विद्यालय शिक्षालाई स्तरीय बनाउन, भौतिक तथा प्राटिक्कलको सुविधाहरु बढाउन, भवन निर्माणको लागि आर्थिक संकलन जुटाउनको लागि धार्मिक महोत्सव गर्न लागिएको विद्यालयले जनाएको छ । जनता विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा विकास गर्ने गरी योजना बनाई कार्यान्वयन गर्ने प्राचार्य मेघराज पौडेलले बताए।
 

 

प्रकाशित: १८ श्रावण २०७३ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App