समाज

मकवानपुरमा चितुवाको छालासहित दुईजना पक्राउ

चितवन–    मकवानपुर प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौं र मकवानपुर जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार दिउँसो तीन बजे हैटौंडा उपमहानगरपालिका–२५ को दोभनचौरबाट समाएको हो ।

समातिनेमा मकवानपुरकै गढी गाउँ विकास समिति–२ बस्ने ४२ वर्षका सोनाम थिङ र सोही ठाउँमा ४८ वर्षीय नेमा दोर्जे लुङ्वा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले जानकारी दिए। उनीहरुबाट बरमाद भएको चितुवानको छाला सात फिट लामो रहेको छ। चितुवाकै लगभग साढे चार किलो हड्डीपनि बरामद भएको छ ।

विशेष सूचनाका आधारमा उनीहरु समातिएका हुन्। उनीहरुलाई कारवाहीको लागि मकवानपुर जिल्ला वन कार्यालयको जिम्मा लगाएको डीएसपी गौतमले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु अपराधमा अनुसन्धान गरी मुद्दा दायर गर्ने जिम्मा निकुञ्ज र जिल्ला वन कार्यालयलाई छ।
    

 

प्रकाशित: १८ श्रावण २०७३ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App