समाज

सेनाद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

काठमाडौँ- नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ।

सोही क्रममा आज सप्तरी जिल्लास्थित नेपाली सेनाको कृष्णदल गणले सोही जिल्लाको कोर्वसाइन गाविस–४ र ५, कौलावी गाविस–७ र ८ तथा रामपुर मटहनिया गाविस–५ का बाढी पीडित ३६१ परिवारलाई सैनिक श्रीमती सङ्घद्वारा सहयोगस्वरुप प्राप्त भएको खाद्यान्न, कपडा तथा २५० थान मण्डी वितरण गरेको छ।


त्यसैगरी, आजै प्यूठान जिल्लास्थित गोरखबक्स गणले सोही जिल्लाको फोप्ली, लुङ, खवाङ, पुजा, अर्खा र माझकोट गाविसको बाढीपहिरो पीडित ९४ घर परिवारलाई सैनिक श्रीमती सङ्घद्वारा सहयोगस्वरुप प्राप्त खाद्यान्न, कपडा तथा ९४ थान मण्डी वितरण गरेको छ।

साथै, फोप्ली–३ का सवै आफन्त पहिरोमा गुमाएका बालिका सेमी पुन र छेमी पुनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आजै प्यूठान जिल्ला सदरमुकाम खलङगाको सेफ हाउसमा ल्याएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। रासस
 

 

प्रकाशित: १५ श्रावण २०७३ १४:२५ शनिबार

सेनाद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण