समाज

गोरखामा परकम्प

काठमाडौँ-गोरखाको अश्राङ गाविस आसपास केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर ३.७ रिक्टरको परकम्प गएको थियो । दुईसाता बढीदेखि रोकिएको परकम्प आउने क्रम पुनः सुरु भएको छ ।

पछिल्लो पल्ट असार २२ गते दोलखा केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । गोरखा भूकम्पको परकम्प लामो समयको अन्तरपछि पुनः बाक्लिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए।

     अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४६६ परकम्प गएको केन्द्रले जनाएको छ । रासस

प्रकाशित: ८ श्रावण २०७३ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App