समाज

EXCLUSIVE दृश्यः चीनमा थुनियो भोटेकोसी, नेपालमा रच्यो विनाश

सिन्धुपाल्चोकको तातोपानी नाका नजिकैको चिनिया क्षेत्र खासा बजार र नेलामबीचको ७०७ पुलमा गएको पहिरोले भोटेकोसी नदी थुनियो। भीषण बर्षा भैरहेको कारण भोटेकोसीमा मिसिने साना खोला–खहरेले भोटेकोसीको वहाव भने घटेन। खासा क्षेत्रमा पहिरोले थुनिएको भोटेकोसी एक्कासी फुटेपछि उर्लेर आएको बाढीले नेपाल–चीन नाका तातोपानी क्षेत्रमा असार २१ गते विनाशलिला मच्चायो।

लिपिङ, कोदारी, तातोपानीका कयौं घरहरु बाढीमा परे। सडक, पुल, विद्युत आयोजनाका ड्याम लगायत विकासका पूर्वाधार र थुप्रै भौतिक संरचना बाढीले तहसनहस पार्यो।

चीनको खासा क्षेत्र हुँदै बाह्रबिसेसम्म भोटेकोसीको बाढीले विनाश मच्चायो। प्रस्तुत छ चिनियाँ क्षेत्रका दृश्य समेत समावेस गरि स्थलगत रुपमा तयार पारिएको नागरिक शोः


 

प्रकाशित: २९ असार २०७३ ०७:११ बुधबार

चीनमा थुनियो भोटेकोसी नेपालमा रच्यो विनाश बाढी भोटेकाेशी बाढी तातोपानी चीन नाका