समाज

हेलिकप्टरको पैसा मागेका छैनौ: भारतीय दूतावास

काठमाडौं-  भारतीय राजदूतावासले सैन्य हेलिकप्टरको पैसा नमागेको बताएको छ। आपसी समझदारीका शर्तहरुमा आधारित रहेर भारत र नेपालबीच सैन्य सामाग्री आपूर्ति गर्ने गरिएको दूतावाशकी सेकेन्ड सेक्रेटर रुवी जसप्रीत शर्माले बताएकी छन्।

दुई सरकारबीच सहमतिभएर गरिएकाकुनै पनि आपूर्तिमा कुनै विचलन नरहेको दूतावासले बताएको छ। उसले एएलएच धुर्वले हेलिकप्टरले ३०० घण्टा भन्दा बढि उडान भरिसकेको बताउँदै हेलिकप्टरको जस्तो सुकै स्थानमा पनि अवतरण गर्न सकिने क्षमताको कारण भूकम्पमा उद्धार र राहतको लागि तथा जुरेमा गएको पहिरोको उद्धार कार्यको लागि यो अत्यन्तउपयोगी सावितभएको दावी गरेको छ।  नेपाल र भारत सरकारबीच भएका सम्झौताका शर्त अनुरुप भारतले नेपालसँग रक्षा सहकार्य जारी राख्ने दूतावासले बताएको छ।

प्रकाशित: २८ असार २०७३ १३:१२ मंगलबार

हेलिकप्टरको पैसा मागेका छैनौ भारतीय दूतावास