समाज

लाखे नाच प्रतियोगितामा संखुवासभा प्रथम

उदयपुरमा आयोजित ‘दोस्रो उदयपुर खाना परिकार मेला तथा १ नं. प्रदेशस्तरीय प्रतियोगितात्मक लाखे नाच महोत्सव ०७९’मा संखुवासभा विजयी भएको छ।

पुस ४ गतेदेखि सञ्चालन भइरहेको महोत्सवको छैटौँ दिन शनिबार सम्पन्न लाखे नाच प्रतियोगितामा संखुवासभाको सिभुवाली लाखे समूह प्रथम भएको हो।

प्रतियोगितामा सुनसरीको पासा खल: धरान दोस्रो भएको छ भने मोरङको नेवा: देय दबुु इन्द्रपुरले तेस्रो स्थान प्राप्त गरेको छ। नेवा: देय दबु झुम्का सुनसरी र झिगु नेवा: पुचः बोक्से उदयपुरले सात्न्वता स्थान पाएका छन्।

प्रथम हुन गर्न सफल संखुवासभालाई १ लाख १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो भने दोस्रो हुने धरानले ७५ हजार १ पुरस्कार पाउँदा तेस्रो स्थान पाउने इन्द्रपुरलाई ५१ हजार एक रुपैँया पुरस्कार प्रदान गरिएको छ। सान्त्वना स्थान ल्याउने झुम्का र बोक्सेलाई ११ हजार १ रुपैयाँका दरले पुरस्कृत गरिएको छ।

व्यक्तिगत प्रायोजनमा दिइएको पुरस्कार त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेतको तर्फबाट प्रथमलाई, कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको तर्फबाट दोस्रोलाई र त्रियुगा नगर उपप्रमुख महेश्वरी राईको तर्फबाट तेस्रोलाई पुरस्कृत गरिएको छ। ११ हजार नगदसहित प्रमाणपत्र रहेको सान्त्वना पुरस्कार भोजपुरे भाँडा पसलका सञ्चालक तिलकबहादुर श्रेष्ठको प्रायोजनमा वितरण गरियो भने अर्को सान्त्वनालाई ११ हजार १ रुपैँया मूल आयोजक समितिले प्रायोजन गरेको छ।

दुहिदिन अघिल्लो साँझ मेलामा ‘नेवा छमछमी सिजन ४’ अन्तर्गत नृत्य प्रतियोगिता पनि सम्पन्न गरिएको पुचःका सचिव गोपाल श्रेष्ठले बताए । आइतबार १० गते रातिसम्म चल्ने मेलामा नेवारी, किराँती, दनुवार, मगर, थारु परम्परागत खाना, खाजा र पेय पदार्थका दुई दर्जन स्टल राखेर प्रदर्शनी र बिक्री वितरण भइरहेको छ।

सुरुका दुहिदिन सामान्य सहभागी भए पनि त्यसपछि दैनिक ४/५ हजारको संख्यामा आगन्तुक मेलामा सहभागी हुने गरेको आयोजकले जनाएको छ। मेला स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने तथा आन्तरिक पर्यटनको विकास गर्न योगदान पुगोस् भन्ने उद्देश्यले आयोजना गरिएको पुचःले जनाएको छ।

प्रकाशित: १० पुस २०७९ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App