समाज

ठूलो परिमाणको सुनचाँदीसहित एक पक्राउ

नेपालगन्ज–ठूलो परिमाणको सुनचाँदीसहित एक व्यक्ति कोहलपुरबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदीसहित नेपालगन्ज उप–महानगरपालिका–५ निवासी ५१ वर्षीय रामसेवक बर्मालाई बुधबार बिहान पक्राउ गरेको हो।

कोहलपुर नगरपालिका–१२ रोहिणी खोलाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इप्रका इन्चार्ज एवम् प्रहरी नायव उपरिक्षक(डिएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका बर्माको साथबाट १ किलो ६ सय ५० ग्राम चाँदी र ३१ ग्राम ७ सय मिलीग्राम सुन बरामद गरिएको उनले बताए। विशेष सुराकीको आधारमा बर्मालाई पक्राउ गरिएको काफ्लेले जानकारी दिए। बरामद सुनको बजार मूल्य १ लाख ६२ हजार ७ सय ९४ र चाँदीको १ लाख २९ हजार २ सय ७० बजार मूल्य रहेको प्रहरीको भनाइ छ। सुनचाँदीको कुनै कागजात नभएकाले बर्माले कहाँ लैजान लागेको भन्ने कुनै जानकारी नदिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २२ असार २०७३ ०५:३२ बुधबार

परिमाणको सुनचाँदीसहित पक्राउ