समाज

पूर्व सैनिक हवल्दार हतियार सहित पक्राउ

दीपक खरेल

काठमाडौं—प्रहरीले नेपाली सेनाका पूर्व हवल्दारलाई अत्याधुनिक हतियार र गोली सहित बालाजुबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलले सेभेन प्वाईन्ट सिक्सफाईभ क्यालिवरको पेस्तोल र पाँच राउण्ड गोली सहित गोरखाका रनबहादुर ढकाललाई पक्राउ गरेको हो।

नेपाली सेना छाडेका ढकालले काठमाडौंमा लुटपाटका उद्देश्यले उक्त हतियार राखेको प्रहरीले दाबी गरेको छ। वृत्तका प्रमुख सोमेन्द्रसिंह राठौरले ढकालको अन्य घटनामा समेत संलग्नता हुनसक्ने आशंका सहित अनुसन्धान भइरहेको बताए।

प्रकाशित: ७ असार २०७३ ०६:३८ मंगलबार

पूर्व सैनिक हवल्दार हतियार सहित पक्राउ