समाज

मध्यपुर थिमीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ६ पुरानो थिमी ओरोल शनिबार राति भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।  

पुरानो थिमी  ओरालोमा दुवाकोटबाट पुरानो थिमीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च. ४२९३ नं. को महेन्द्रा म्यासिमो गाडी विपरित दिशाबाट जांदै गरेको बा. १० प. ९५०८ नं. को मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछें वस्ने वर्ष २८ को सिजन फसिकवाको मृत्यु भएको हो। 

फिसकवालाई उपचारको लागी मध्यपुर ठिमी अअस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मोटरसाइकल पछाडी सवार भक्तपुर नगरपािलका वडा न. ७ गोलमढी बस्ने वर्ष ३२ को सिनल ग्वाछाको सोही अस्ततालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।  

घटनास्थलमा प्रहरी वृत थिमी बाट अनुसन्धान अधिकृतसहितको टोली पुगी प्रारम्भिक अनुसन्धान गरी दुर्घटना संलग्न गाडी र चालक सिन्धुली फिक्कल गाउँंपालिका वडा नं १ घर भई भक्तपुरको दुवाकोट वस्ने वर्ष २७ को दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमीमा राखिएको जनाइएको छ।  

प्रकाशित: ११ मंसिर २०७९ ०७:५५ आइतबार

दुर्घटना