समाज

रोकिएको मतदान पुनः सुरु

दाङको तुलसीपुर उपमहानगरपालिका वडा न १० को एक मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ। मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल (ग) मा रहेको मतदान केन्द्रको कर्मचारीको गल्तीका कारण मतदान रोकिएको थियो।

निर्वाचनमा खटिएका कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको भएको थियो। ९१ जना मतदाताले प्रदेश सभा सदस्यकलागी मात्रै मतदान गरेका थिए।

अहिले ती मतदाताहरुलाइ पुनः मतदान गर्न दिने सहमती पछि मतदान सुरु गरिएको छ। उनिहरुले अब प्रतिनिधि सभा र प्रदेश सभाका लागि फेरि मतदान गर्ने छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०७:०८ आइतबार