समाज

भक्तपुरमा ट्याङ्करले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु

भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी कासन पुलमा शनिबार दुर्घटना हुँंदा सडकमा खेलिरहेका सात वर्षीय बालकको मृत्यु भएको छ।  

झौखेलबाट ब्यासीतर्फ आउदै गरेको बा ५ ख ९१४२ नं. को पानी ट्याङ्करले ठक्कर दिँदा रामेछाप सुनापाती गाँउपालिका वडा नं. ४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र तामाङको छोरा वर्ष ७ को बिवेश तामाङको मृत्यु भएको हो।

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भिर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगेको थियो। उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।  

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ९ कमलबिनायक बस्ने वर्ष ४५ को सिताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए।  

प्रकाशित: ३ मंसिर २०७९ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App