राजनीति

कांग्रेस केन्द्रीय परिचालन समितिमा सदस्य थप

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय परिचालन समितिले आज मकवानपुरका राजकुमार जिएमलाई सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।यसअघि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७(संशोधन सहित) पार्टीका पूर्वउपसभापति श्रेष्ठलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन –२०७९ केन्द्रीय परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका थिए।

प्रकाशित: २९ कार्तिक २०७९ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App