राजनीति

प्युठानमा पौडेल र थापाबीच प्रतिस्पर्धा

सूर्य थापा र दुर्गा पौडेल।

कम्युनिस्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको जिल्लाका रूपमा चिनिएको प्युठानमा पनि यसपटक चुनावी चर्चा व्यापक छ। सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा (राजमो) की उपाध्यक्ष दुर्गा पौडेल र एमाले नेता सूर्य थापा त्यहाँ चुनावी प्रतिस्पर्धामा छन्। २०७४ को निर्वाचनमा राजमोले एमाले र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो। वाम गठबन्धनको बलमा चुनाव जितेकी पौडेल यसपटक कांग्रेस, माओवादी केन्द्रसहितको सहयोगमा एमालेसँग प्रतिस्पर्धामा उत्रिएकी हुन्।  

कम्युनिस्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको जिल्लाको रूपमा चिनिएको प्युठान पनि यसपटक चर्चामा रहेको छ। पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा (राजमो)की उपाध्यक्ष दुर्गा पौडेल र एमाले नेता सूर्य थापा निर्वाचन प्रतिस्पर्धामा छन्। २०७४को निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबनधनसँग चुनावी तालमेल गरेका थिए। बाम गठबन्धनको बलमा चुनाव जितेकी पौडेल यसपटक कांग्रेस, माओवादी केन्द्रसहितको सहयोगमा एमालेसँग प्रतिस्पर्धाम उत्रिएकी हुन्।  

पौडेल तेस्रोपटक संसद यात्राको तयारीमा छिन् भने एमालेका थापा त्यहीबाट डेब्यू गर्ने तयारीमा छन्। सिंहकी श्रीमतीसमेत रहेकी पौडेल सत्ता गठबन्धनकी साझा उमेदवार हुन्। एमालेका थापाले पहिलोपटक संसदीय निर्वाचनको अनुभव लिदै गाउँ गाउँ डुलिरहेका छन्। प्युठान जिल्ला इन्चार्ज र एमाले पोलिटब्युरो सदस्य रहेका थापा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार थिए। थापाको जिल्लामा बलियो पकड रहेको निकट नेताहरूको दाबी छ।  

पौडेललाई अहिले पाँच दलीय सत्ता गठबन्धनको साथ छ। जनमोर्चाको किल्ला मानिने प्युठानमा पाँच दलको समर्थनमा पुरानो क्षेत्रलाई जोगाउने प्रयासमा भए पनि उनका लागि कठिन रहेको छ। ०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेललाई १६ हजार २ सय ८६ मतान्तरले पराजित गरेकी थिइन्। पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए। पोखरेलले यसपटक त्यहीँबाट चुनाव लड्न खोजे पनि पौडेललाई सहयोग गरेपछि त्यहाँ कांग्रेसको आफ्नो उम्मेदवार छैन। त्यसको लाभ थापालाई मिल्ने विश्लेषण गर्न थालिएको छ।  

एमाले, माओवादी केन्द्रसहितको वाम गठबन्धनको मतले विजयी भएकी पौडेललाई यसपटक सत्ता गठबन्धनको समर्थनले जित सहज हुने गठबन्त्रन दलहरूको भनाई छ। गत स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मत हेर्दा प्युठानमा गठबन्धन एमालेभन्दा अघि छ। जिल्लामा पालिका प्रमुखको मत परिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ। एमालेको ३९ हजार १ सय २८ मत छ। यो आधारमा एमाले प्युठानमा नौ हजार ४३ मतले पछि छ।  

जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ। १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८ हजार ५४ मत प्राप्त गरेको छ। त्यसैगरी दुईवटा वडा भने विप्लव समूहले स्वतन्त्र रूपमा जितेको छ। पछिल्लो अवस्थालाई हेर्ने हो भने प्युठानमा कांग्रेस र माओवादीको उम्मेदवार नभएका कारण थापालाई सहज भए पनि केही हदसम्म मेहनत गर्नुपर्ने अवस्था रहेको एमालेका नेताहरूले जनाएकका छन्।  

२०४८ सालदेखि अहिलेसम्म ०७४ सम्मको निर्वाचनमा फरक–फरक दलले जित हासिल गर्दै आएका छन्। ०४८ मा दुवै क्षेत्र कांग्रेस, २०५१ मा कांग्रेस र जनमोर्चा, २०५६ मा दुवै क्षेत्र जनमोर्चा विजयी भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा दुवै क्षेत्र माओवादी विजयी भए भने ०७० को संविधानसभा निर्वाचनमा दुवै क्षेत्र एमालेले जित हासिल गरेको थियो। एमालेका नेताहरूले प्युठानी जनताले हरेक समय बेग्ला बेग्लै पार्टीका उम्मेदवारलाई जिताउने भएकाले यसपटक थापाको जित हुने जनाएका छन्।  

प्रदेश (क) मा माओवादीका कृष्ण अधिकारी र एमालेका तुलसीराम शर्माबीच प्रतिस्पर्धा छ। प्रदेश (ख) मा एमालेका हरि प्रसाद रिजाल र कांग्रेसका सरोज थापा(रोज राणा) बीच प्रतिस्पर्धा छ। पाँच वर्षमा पौडेलले विकास निर्माणको काममा ध्यान नदिएको भन्दै एमालेले आफ्नो पक्षमा माहोल सिर्जना गरिरहेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App