राजनीति

चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमाले

केपी शर्मा ओली।

आज नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलवार घोषणापत्र सार्वजनिक गर्न लागेको हो। घोषणापत्र मंगलबार दिउँसो साढे १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्नेछन्।

होटल याक एन्ड यतिमा कार्यक्रम गरी घोषणा पत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले बताए।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द, नेकपा एकीकृत समादवादी र राप्रपाले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन्।

प्रकाशित: १५ कार्तिक २०७९ ०३:५७ मंगलबार

नेकपा एमाले