राजनीति

नेपाली कांग्रेसले शनिबार सङ्कल्प पत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सङ्कल्प पत्र भोलि सार्वजनिक गर्ने भएको छ।

सङ्कल्प पत्र सभापति शेरबहादुर देउवाले कार्तिक १२ गते शनिबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा सार्वजनिक गर्नेछन्।

प्रकाशित: ११ कार्तिक २०७९ ०८:०० शुक्रबार

नेपाली काँग्रेस