राजनीति

उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङ सर्वोच्च अदालतमा

रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

उनीसँगै निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन्।

बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै  निर्वाचन अधिकृतको कार्यालयले   उनको उम्मेदवारी खारेज गरिदिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिएका हुन्। उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ।

रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्।

प्रकाशित: २७ आश्विन २०७९ १२:५२ बिहीबार

राजु गुरुङ