राजनीति

पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारको व्यवस्था मिलाउन रावलको माग

फाइल तस्बिर।

नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन्। त्यस अवसरमा उनले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराए। नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भिर हुने विश्वास व्यक्त गरे।  

नेता रावलले पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरु समेत घटनास्थल अझै पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकप्टर परिचालन गर्न पनि सरकारसँग अनुरोध गरे।

प्रकाशित: १ आश्विन २०७९ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App