राजनीति

गठबन्धनले ओरालो लगेको देशलाई अघि बढाउने फैसला मंसिर ४ ले गर्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले गर्दा ओरालो लागेको देशलाई अघि बढाउने फैसला आगामी मंसिर ४ ले गर्ने बताएका छन्।  

शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशलाई ओरालो लागिरहेको बताएका हुन्।  

उनले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए। अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्ने बताए।  

ओलीले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाले गर्ने बताए। गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने उनको भनाइ थियो। उनले लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह समेत गरे। 

प्रकाशित: १ आश्विन २०७९ ०४:०० शनिबार

नेकपा एमाले केपी शर्मा ओली