राजनीति

काठमाडौं महानगरद्वारा डेंगु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सेवा सुचारु

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सेवा सुरु गरेको जानकारी गराएका छन्।

शाहले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पछिल्लो समय समुदायमा फैलिइरहेको डेंगु संक्रमणको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशिलताको आवश्यकता भएको महानगरले अनुभव गरेकोले हटलाइनको सेवा सुचारु गरेको बताएका हुन्।

शाहले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौँ। संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ। यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ।'

प्रकाशित: ३० भाद्र २०७९ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App