राजनीति

परराष्ट्रमन्त्री र लीबीच दुई देशबीच सम्बन्धका विषयमा छलफल

परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता भएको छ। 

सो भेटमा आपसी हित, नेपाल र चीनबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७९ १०:४६ मंगलबार

परराष्ट्रमन्त्री डा.नारायण खड्का