राजनीति

आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउँछः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिवसमेत रहेका मन्त्री पौडेलले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको आज पोखरामा आयोजित तेस्रो पूर्ण बैठकमा आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताए।

सोही क्रममा परिवर्तनका एजेण्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उनको भनाइ छ। उनले मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा मिडिया जगतको महत्वपूर्ण भूमिका रहँदै आएको बताए।

यस्तै सरकारका कामकारवाहीदेखि राजनीतिक दलले अघि सारेका मुद्दालाई जनस्तरमा स्थापित गर्न मिडियाले अर्थपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरे। उनले मिडियाको समयसापेक्ष विकाससँगै पत्रकारको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। सामाजिक सञ्जाल पनि सशक्त माध्यमका रुपमा आएको भन्दै मन्त्री पौडेलले त्यसको सही सदुपयोग हुनुपर्ने धारणा राखे।

प्रकाशित: २५ भाद्र २०७९ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App