पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ।
महानगरका मेयर धनराज आचार्यसहितको टोलीले बिहीबार बिहान महेन्द्रपुल पुगेर उक्त संरचना हटाएको हो।
पोखरामा फोटो र चित्र प्रदर्शन गर्ने उद्देश्यले पोखरा आर्ट ग्यालरी बनाइएको थियो। २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो।
प्रकाशित: २३ भाद्र २०७९ ०४:२८ बिहीबार