राजनीति

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधाई दिएका छन्।

देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत  लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन्।

सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो। दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन्।

प्रकाशित: २१ भाद्र २०७९ ०६:०२ मंगलबार