राजनीति

चुनाव अघि वाम एकता सम्भव छैन: माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि वाम एकताको सम्भावना नरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले चुनाव अधि वाम एकताको सम्भावना नरहेको बताए।  

नेपालले तत्कालै एकीकृत माओवादीसँग पनि एकिकरणको कुरा आफूहरूले नगरेको दाबी गरे। ‘चुनाव अघि वाम एकता सम्भव छैन’ उनले भने ‘अहिले नै माओवादीसँग पनि एकीरणको कुरा हामीले गरेका छैनौं।’ नेता नेपालले निर्वाचनमा सिट कसैले  लिने  दिने भन्ने नहुने भन्दै   गठबन्धन गरेर चुनावमा जाने हो भने विनविनको सिद्धान्त अनुसार सिटको बाँडफाँट गर्नुपर्ने बताए। उनले विगतमा जितको आधारलाई हेरेर गठबन्धनका दलबीचमा सिटको बाँडफाँट हुनुपर्ने धारणा राखे। नेता नेपालले नागरिकता विधेयकमा एमालेले अध्यादेशमा जे ल्याएको थियो त्यहि भएकाले राष्ट्रपतिले रोक्नुपर्ने कुनै कारण नरहेको बताए। उनले भने‘एमालेले अध्यादेशमा जे ल्याएको थियो, अहिले पनि त्यहि भएकाले राष्ट्रपतिले अड्को थप्नुपर्ने कुनै कारण छैन।’ 

प्रकाशित: १८ भाद्र २०७९ ०९:३१ शनिबार

माधवकुमार नेपाल