राजनीति

एमाले पोलिटब्यूरो बैठक सुरु

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।  

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउने छन्। यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ।  

एमालेले मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ। बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने प्रतिवेदनमाथि पोलिटब्यूरो सदस्यले धारणा राख्नेछन्। रासस

प्रकाशित: ९ भाद्र २०७९ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App