निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ। आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ।
आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो। यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताका लागि निवेदन दिएका छन्।
प्रकाशित: ८ भाद्र २०७९ ०३:४४ बुधबार