राजनीति

गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने,अन्त्येष्टि आजै

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ। कांग्रेस संसदीय दलको कार्यालयका अनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीर शरीरलाई बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पतालको शिवालयमा राखिनेछ। त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उनको शव राखिनेछ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिने छ।

गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

प्रकाशित: ५ भाद्र २०७९ ०१:२३ आइतबार

नेपाली कांग्रेस नेता प्रदीप गिरि