राजनीति

आगामी निर्वाचनमा घरदैलो मतदाता शिक्षा

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नगरपालिका र गाँउपालिकामा घरदैलो मतदाता शिक्षा कार्यक्रम गर्ने जनाएको छ। मंगलबार आयोगद्वारा आयोजित स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नगरपालिका र गाँउपालिकाभित्र घरदैलो मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा दुर्गम क्षेत्रका अशिक्षित नागरिकको तुलनामा सहरी क्षेत्रका शिक्षित नागरिकबाट मतदान कम भएकोमा चिन्ता व्यक्त गरेका थिए। आयोगले स्थानीय तह निर्वाचनमा समय अभावका कारण तोकिएका काम गर्न नसकेका जनाउँदै राम्रा पक्षलाई समेटेर उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सहज र मितव्ययी ढंगमा सम्पन्न गर्ने बताए। ‘आयोगले निर्वाचनको सर्वमान्य सिद्धान्त अवलम्बन गरी सबैलाई समान व्यवहार गर्ने गरी कामकारबाहीदेखि बढीभन्दा बढी नागरिकको सहभागितमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ।’

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नगरपालिका र गाँउपालिकाभित्र घरदैलो मतदाता शिक्षा कार्यक्रम संचालन हुने बताए। ‘स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमको प्रगति समीक्षा गर्दै आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नगरपालिका र गाँउपालिकाभित्र घरदैलो मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा कम मतदान भएकाले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजनासहित कार्यतालिका तय गरिने भएको छ।’

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै तयार गरेको कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ गते र ३ गते पेस गर्ने, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता असोज २३ गते, अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह विवरण असोज २६ गते र निर्वाचन प्रचारप्रसारका लागि आयोग असोज २७ गतेदेखि मंसिर १ गतेसम्म ३६ दिने समय दिने भएको छ ।

साउन १९ गतेसम्म आयोगमा दर्ता भएका ११६ दलमध्ये लाई निर्वाचन प्रयोजनका लागि आयोगमा मंगलबारसम्म १२ वटा राजनीतिक दल दर्ता भएका छन्। आयोगमा जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुर्नजागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नागरिक उन्मुक्ति पार्टी र नेपालका लागि नेपाली पार्टी दर्ता भएका छन्। ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मंगलबारसम्म १२ वटा राजनीतिक दल दर्ता भएका छन्,’ आयोगका सहप्रवक्ता अर्यालले भने, ‘आगामी साउन ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया सकिएपछि साउन १ गतेदेखि ७ गतेसम्म निवेदनमाथि छानबिन गरिनेछ।’ राजनीतिक दल दर्ता स्वीकृति भदौ ८ गते हुने आयोगले जनाएका छ। त्यस्तै भदौ २० गतेसम्म समानुपातिक निर्वाचनको मतपत्र मापदण्ड स्वीकृत गरी असोज २५ गतेसम्म मतपत्र छपाई गरिसक्ने र काक्तिक २७ गतेसम्म मतपत्र ढुवानी गरिसके कार्यतालिका आयोगले बनाएको छ।

प्रकाशित: २६ श्रावण २०७९ ०३:४२ बिहीबार

निर्वाचन आयोग