राजनीति

गलत तथ्यांकका कारण देश अधोगतितर्फ गयोः मिन विश्वकर्मा

नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। मंगलबार सरकारले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले यस्तो बताएका हुन्।

उनले सबै क्षेत्रका तथ्यांकलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताए। सांसद विश्वकर्माले राष्ट्रिय परिचय पत्रको पनि तथ्यांक हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनु पर्ने बताए।

उनले सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जातीहरु वा थरहरुमा आफ्नो विमति रहेको बताए। सांसद विश्वकर्माले अहिलेको तथ्यांक विधेयकले देशको तथ्यांकका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १० श्रावण २०७९ ०९:०९ मंगलबार

नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्मा प्रतिनिधि सभाको बैठक