राजनीति

संसदीय छानबिन समितिको बैठक: शर्मासँगको सोधपुछ सकियो

फाइल तस्बिर

संसदीय विशेष छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको सोधपुछ सकाएको छ। शर्मासँग करिब तीन घण्टा सोधपुछ भएको थियो।  

शर्माले बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई खासै प्रतिक्रिया दिएनन्। उनले आफूले समितिमा सबै कुरा राखेको र उहाँहरुले नै जवाफ दिने बताएका छन्।

शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको छ। बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप शर्मामाथि छ। आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। 

प्रकाशित: ५ श्रावण २०७९ ०६:१० बिहीबार

जनार्दन शर्मा संसदीय छानबिन समिति