राजनीति

कांग्रेसद्वारा प्रमुख सचेतक र सचेतक मनोनीत

नेपाली काँग्रेसले प्रमुख सचेतक र सचेतक मनोनीत गरेको छ। नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत भएका छन्।

उनीहरूलाई संसदीय दलका नेता शेरबहादुर देउवाले मनोनीत गरेका हुन्। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो। चित्रलेखा यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा मिन केन्द्रीय सदस्य छन्।

प्रकाशित: ४ श्रावण २०७९ ०६:१९ बुधबार

नेपाली काँग्रेस सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा