राजनीति

आजबाट थप पाँच जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था गरेको छ।

आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्न सकिने छ।

चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने व्यवस्था गरेपछि  अनलाइन मतादाता फाराम भर्ने जिल्लाहरुको संख्या आठ पुगेको छ।

यसअघि आयोगले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइन फाराम भर्ने व्यवस्था गरेको थियो।  

प्रकाशित: ४ श्रावण २०७९ ०४:३० बुधबार

निर्वाचन आयोग अनलाइन मतादाता फाराम