राजनीति

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन्।

शुक्रबार संसदमा भएको मतदानमा भुसालको पक्षमा १४८ मत परेको हो। उनको विपक्षमा ९३ मत परेको थियो। एक जना भने तटस्थ बसेका छन्।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो।

प्रकाशित: ३१ असार २०७९ ११:२३ शुक्रबार