राजनीति

सभापति देउवालाई पार्टीभित्र गठबन्धन गर्न नेता निधीको सुझाव

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी भित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन्।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्। नेता निधीले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले आगामी प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिए। 

नेता निधीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरुलाई पनि पार्टी सभापतिले अबका दि नमा समेटेर जान सुझाव दिएको बताए। उनले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई काँग्रेसले नै समाधान गरेर अघि बढ्नुपर्ने कुरा प्रधानमन्त्रीसँग आग्रह गरेको बताए।

नेता निधीले नेपाली काँग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भुमिका खेल्नुपर्ने बताए।  

प्रकाशित: ३० असार २०७९ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App