राजनीति

नेकपा एकीकृत समाजवादीको रुपन्देही अध्यक्षमा अविराम विक

पार्टीको प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन्। रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन्। विक यसअघि सचिव थिए। उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराईले पनि लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि  जिम्मेवारी छोडेका छन्।  

उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन गर्ने जिल्लाको सिफारिस प्रदेश कमिटि बैठकले अनुमोदन गरेको सचिव गुरुङले बताए। बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ। बैठकले रोपाईँको बेलामा किसानले मल नपाएको र महगीले नागरिकलाई परेको मर्काका बिषयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।  

प्रदेशका विभिन्न उपसमिति र विभागहरुमा जिम्मेवारी तोकिएको जनाइएको छ। वैठकलाई सम्बोधन गर्न पार्टी अध्यक्ष माधव  कुमार नेपाल शनिबार रुपन्देही आएका थिए। बैठकलाइ सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए। बैठकमा समाजवादीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, मन्त्री मेटमणि चौधरी, सोमप्रसाद पाण्डे लगायतका नेताहरुको उपस्थिती थियो।

प्रकाशित: २६ असार २०७९ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App