राजनीति

काँग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति बैठकः निर्वाचन–२०७९ को प्रतिवेदन पारित

नेपाली काँग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिइएको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिइन्।

आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन काँग्रेसको केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उनले बताइन्। उनले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताइन्।

प्रकाशित: १६ असार २०७९ १३:१६ बिहीबार

नेपाली काँग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति स्थानीय तह निर्वाचन–२०७९ पार्टी केन्द्रीय कार्यालय सानेपा