नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ।पार्टी घोषणा कार्यक्रममा संयोजक बामदेव गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन्।
मंगलबार घोषणा भएको पार्टीमा ७ जना उपाध्यक्षको व्यवस्था गरिएको छ भने एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एक जना महासचिव हुनेछन्।
यस्तै पार्टीमा एक जना उपमहासचिव, एक उपमहासचिव र एक जना सचिवको व्यवस्था रहने गौतमले बताए। उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ।
प्रकाशित: १४ असार २०७९ १०:३८ मंगलबार