गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री खाँणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैं लागि रहने समेत बताए। आइतबारबाट काठमाडौंमा सुरु भएको नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मजदुरहरुले सम्पर्क गरे शान्ति सुरक्षाका लागि गृह प्रशासन जतिखेर पनि तयार रहेको बताए।
कुनै पनि मजदुरलाई कसैले पनि दुःख दिन नपाउने उल्लेख गर्दै गृहमन्त्री खाँणले उनीहरुको पक्षमा सरकार जहिले पनि उभिने बताए।
गृहमन्त्री खाँणले मजदुरहरुको हितकै लागि सरकारले उद्योग, व्यवसायको संरक्षण र प्रवर्द्धनमा पनि उत्तिकै जोड दिने स्पष्ट पारे।
प्रकाशित: २९ जेष्ठ २०७९ १२:५० आइतबार