जिल्ला समन्वय समितिको प्रमुखमा सूर्यबहादुर विष्ट र उप–प्रमुखमाअमिताकुमारी यादव निर्विरोध निर्वाचित भएका छन्। स्थानीयतह निर्वाचन–२०७९ अन्तर्गत जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका उम्मेदवार र्निविरोध निर्वाचित भएका हुन्।
निर्वाचित प्रमुख विष्टलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लोकजंग शाहले शपथ ग्रहण गराएका छन्। त्यसैगरी उप–प्रमुख र सदस्यहरुलाई प्रमुख विष्टले शपथ ग्रहण गराएका छन्। सदस्यहरुमा विनय राज भण्डारी, तिर्थप्रसाद जैसी र पुरै लालथारु निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र बिमला थारु निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए। दलित वा अल्पसंख्यक सदस्यमा सुनिता नेपाली निर्विरोध चयन भएकी हुन्। निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। निर्वाचित प्रमुख तथा उपप्रमुखले आफ्नो जिम्मेवारी सम्हालेका छन्।
प्रकाशित: २८ जेष्ठ २०७९ १३:३५ शनिबार