राजनीति

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले नेपाल भाषामा पनि लिए सपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन्।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए।

प्रकाशित: १६ जेष्ठ २०७९ ०७:२० सोमबार

काठमाडौं महानगरपालिका