राजनीति

गुर्भाकोट मेयरको पहिलो निर्णय: असहायलाई आवासीय सुविधासहित निःशुल्क शिक्षा

गुर्भाकोट नगरपालिकाले असहाय तथा अनाथ बालबालिकाहरुलाई आवासीय सुविधासहित निःशुल्क शिक्षा दिने भएको छ। नवनिर्वाचित नगर प्रमुख हस्त पुनले नगरभित्र रहेका अनाथ तथा असहाय बालबालिकाहरुलाई आवासीय सुविधासहित माध्यामिक शिक्षा निःशुल्क गरिएको जानकारी दिए।

‘अघिल्लो कार्यकालमा अनाथ तथा सहकाय बालबालिका तथ्याङ्क संकलन गरेका थियौं,’ नगर प्रमुख पुनले भने, ‘चालू शैक्षिकसत्रदेखिनै त्यस्ता बालबालिकाहरुलाई आवासीय सुविधासहित निःशुल्क शिक्षा दिन्छौं।’ उनले अनाथ तथा असहाय बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित भएको पाइएकाले त्यस्ता बालबालिकालाई माध्यामिक शिक्षासम्म निःशुल्क पढ्ने वातावरण बनाउनका लागि दोस्रो कार्यकालको पहिलो निर्णय गरिएको बताए।

नगरपालिकाले विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ। ‘विपन्न घरपरिवारको पहिचानका लागि तथ्याङ्क संकलन गरेर त्यस्ता घरपरिवारको निःशुल्क विमाको व्यवस्था गछौं,’ नगर प्रमुख पुनले भने, ‘चालू आर्थिक वर्षभित्रै विमा कार्यक्रम लागू गर्ने तयारीमा छौं।’ नगरपालिकाले आन्तरिक राजस्वलाई व्यवस्थित गर्नका लागि एकीकृत कर व्यवस्थापन प्रर्णाली लागू गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०७९ ०४:१३ शुक्रबार