राजनीति

महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याऊ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गरेका छन्। 

बिहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिबद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  

जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महिलालाई मेयरमा उठाएको उनको दाबी छ। महामन्त्री थापाले  कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए। 

प्रकाशित: १५ वैशाख २०७९ १०:२२ बिहीबार