राजनीति

टिकट नपाएपछि भक्तपुरमा पनि राजीनामा दिन सुरू

आफूले टिकट नपाएको झोकमा भक्तपुरमा पनि राजीनामा दिन सुरू भएको छ। आफूले टिकट नपाएपछि भक्तपुरका एक काँग्रेसी नेताले पार्टीबाट राजीनामा दिएका छन्।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले सोमबार राजीनामा दिएका हुन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गरी राजीनामा दिएका हुन्। उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए।  

सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन्। उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन्।

उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन्। उनको राजीनामाले सूर्यविनायक काँग्रेसलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ। त्यसको फाइदा सिधै एमालेलाई हुनसक्ने आंकलन गरिएको छ। गएको चुनावमा सूर्यविनायकमा एमालले झिनो मतले विजयी हासिल गरेको थियो।

प्रकाशित: १२ वैशाख २०७९ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App