राजनीति

जापानले समृद्धिका लागि हासिल गरेको अनुभव नेपालका लागि अति उपयोगीः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन्।

नेपाल जाईका अलमनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए। उनले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको पनि खेलेर प्रशंसा गरे।

भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गरे।

उनले भने, ‘जापानले हामीलाई अप्ठ्यारो परेको बेलामा चाहे भूकम्पको बेलामा होस्, चाहे कोभिडको बेलामा होस्। जापानले धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ। यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँले जापान गएका नेपालीहरुको जान, सीप र अनुभव उपयोग गर्नुछ। मुलुकको समृद्धिका लागि विकास लागि त्यो अति उपयोगी छ।’

मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराए। उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए।

प्रकाशित: ३ वैशाख २०७९ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App