राजनीति

बारा काँग्रेस सभापतिमा यादव बिजयी

नेपाली काँग्रेसको बाराको सभापतिमा राजेश राय यादव बिजयी भएका छन्। आइतबार भएको दोस्रो चरणको निर्वाचनमा निकटम प्रतिस्पर्धी शम्भु बहादुर बुढाथोकी भन्दा ५२ मत बढी लगाएर यादव सभापतिमा बिजयी भएका हुन्।

मतदान प्रक्रियामा २४ सय ८ मत खसेकोमा यादवले १२ सय ६ मत प्राप्त गरेका छन भने बुढाथोकीले ११ सय ५४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। पहिलो चरणमा ७०८ मत पाएर तेस्रो भई निर्वाचन प्रक्रियाबाट बाहिरिएका रामानन्द यादवले सभापतिमा राजेश राय यादवलाई समर्थन गरेपछि सभापति बन्ने सम्भावना बढेको थियो।

काँग्रेस पूर्व केन्द्रिय सदस्य तथा जिल्ला सभापति राधेचन्द यादवका पुत्र भएकै कारणले एकाएक राजनीतिकमा आएको यादव माथि आरोपहरु लाग्ने गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०२:०८ सोमबार

नेपाली काँग्रेस बारा