राजनीति

कांग्रेस अछाम अधिवेशनमा सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै

नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ। पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन्।सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो। पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए।

प्रकाशित: २३ फाल्गुन २०७८ ०२:०९ सोमबार

नेपाली कांग्रेस