राजनीति

देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन्: मातृका यादव

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद मातृका यादवले आकस्मिक बैठक स्थगित हुनु र अवरोध भइरहनु संसारमै नौलो भएको बताएका छन्।

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको र देश दलालहरुको भएको आरोप समेत लगाएका छन्।

सांसद यादवले भने, ‘यसरी बैठक जुन स्थगित भइरहेको छ, अवरोध पनि छ । संसारमै नभएको कुरा नेपालमा भइरहेको छ। देउवाजी जसरी पनि एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ। यो दलाल नै दलालको देश हो। त्यही भएर बिग्रिएको छ।’

प्रकाशित: १३ फाल्गुन २०७८ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App