राष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ।
सङ्घीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ।
उक्त बैठक यही माघ २ गते आइतबारको सूचनामार्फत् अर्को सूचनाद्वारा नतोकिएसम्मका लागि स्थगित भएको थियो।
आज प्रकाशित सो सूचनामा भनिएको छ,'राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'
प्रकाशित: १३ माघ २०७८ १०:१५ बिहीबार