राजनीति

कांग्रेस/कम्युनिष्टहरु जनतासामु मुख देखाउन लायक छैनन्: लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस÷कम्युनिष्ट पार्टीहरुको विकल्पमा राप्रपालाई ठूलो राष्ट्रिय शक्तिका रुपमा उभ्याइने बताएका छन्। उनले मुलुकले ‘परम्परागत’ सोच सहितका कांग्रेस/कम्युनिष्टहरुको विकल्प मुलुकले खोजेको समेत बताए।

राप्रपाले बिहीबार तुलसीपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने ‘उनीहरु अहिले ठूला पार्टी देखिएका छन्, तर यी राजनीतिक शक्तिको विकल्प मुलुकले खोजिरहेको छ।’

आफूले त्यो वैकल्पिक शक्तिका रुपमा राप्रपालाई उभ्याउने भन्दै लिङ्देनले आफ्नो यो अभियानलाई साथ दिन सबैमा आग्रह समेत गरे। उनले अहिलेका ठूला भनिएका पार्टीहरु मुलुकको अहितका निम्ति अग्रसर भैरहेको भन्दै जनताका अगाडि मुख देखाउन लायक नभएको दाबी गरे। ‘ठूला भनिएका पार्टीहरु ठूला देखिएका मात्रै हुन्,’ उनले भने ‘उनीहरु अहिले जनताका अगाडि मुख देखाउन लायक छैनन्।’

सिंगो देश, धर्म संस्कृतिप्रति अन्याय गरेका राजनीतिक दलहरुललाई किन रोज्ने भन्दै उनले राप्रपा जस्तो राष्ट्रहितका निम्ति जन्मिएको पार्टीमा आवद्ध हुन आग्रह समेत गरे।

प्रकाशित: ८ पुस २०७८ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App